काठमाडौँ, कार्तिक १३ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले किसानको समृद्धिबिना देश समृद्ध नहुने बताउनुभएको छ । किसानलाई समृद्ध बनाए कृषिमा आत्मनिर्भर हुन्छ, त्यसपछि मात्र देश समृद्ध हुने बताउँदै उहाँले किसानको समृद्धिमा जोड दिनुभयो ।

‘हाम्रो पहल :उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि’ भन्ने नाराका साथ शनिबार मनाएको ४१औँ विश्व खाद्य दिवस कार्यक्रममा उहाँले सरकारले बाढीबाट पीडित किसानका लागि राहतको व्यवस्था गरेको बताउनुभयो । बेमौसममा वर्षाका कारण प्रभावित किसानका लागि राहत सरकारल पाँच अर्ब रुपियाँभन्दा बढीको राहत प्याकेज घोषणा गरेको उहाँले बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “मन्त्रालयको दायित्व भनेकै किसानलाई समृद्ध बनाउने हो, जसका लागि मन्त्रालय लागिरहेको छ तर किसानका नाममा हुने राजनीतिले कृषि क्षेत्रलाई बिगारेको छ । राजनीतिक पार्टीपिच्छेका किसान सङरगठन छनर, किसानको एउटै महासङरघ हुनुपर्छ । त्यसो भयो भने काम गर्न पनि सजिलो हुन्छ, किसानमुखी कार्यक्रम पनि प्रभावकारी हुन्छनर । ”

उहाँले सरकारले किसानका लागि घोषणा गरेको राहत प्याकेजलाई पारदर्शी रूपमा वितरण गर्नेगरी कार्यविधि निर्माणको काम भइरहेको जानकारी गराउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्षको विश्व खाद्य दिवसको नारा मात्रै कार्यान्वयन गर्न सकियो भने कृषिमा ठूलो उपलब्धि हासिल हुनसक्ने बताउनुभयो । विगत ४१ वर्षदेखि खाद्य दिवस मनाइँदै आएको भए पनि विगत केही वर्षदेखि दिवसलाई अन्य सरोकारवाला निकायले साथ दिँदै आएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दङरगालले कृषि क्षेत्रको विकासका लागि कुल बजेटको १० प्रतिशत बजेट विनियोजन गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त लगानीबिना कृषिमा आत्मनिर्भर सम्भव हुँदैन । अहिले कुल बजेटको २.७६ प्रतिशत मात्रै कृषि बजेट विनियोजन गरिएको छ, यतिले पुग्दैन । ” योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले उत्पादन वृद्धिका साथै समानुपातिक वितरणमा पनि जोड दिनुभयो । सरकारको एक्लो प्रयासले मात्रै उत्पादन बढाउन नसकिने भन्दै कृषिमा निजी क्षेत्रलाई पनि आकर्षित गर्नुपर्ने बताउनुभयो । आयोजकमध्येको एक खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले टालटुले नीतिले कृषि क्षेत्रले गति लिन नसक्ने भन्दै कृषिमा आमूल परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय