गायक कमल खत्रीले गरे मेलिना मैनालीसँग इन्गेजमेन्ट।

काठमाडौं। गायक कमल खत्री र गायिका मेलिना मैनालीले ‘इन्गेजमेन्ट’ गरेका छन् । कमलले आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै आफूहरूबीच इन्गेजमेन्ट भएको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको शुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहाना यति छ कि साथ र माया सधै पाइरहुँ । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार इन्गेन्जमेन्ट गरेका छौँ । यो माया–प्रेम अनि आशिर्वादको धेरै–धेरै धन्यवाद ।’

‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत चर्चित छन् । उनी सांगीतिक क्षेत्रका चर्चित गायक एवं संगीतकार हुन् ।

मेलिना मैनाली भने उदीयमान गायिका हुन् । उनका पनि केही गीतहरू चर्चित छन् । केही समयदेखि प्रेममा रहेका कमल र मेलिनाले केही गीतमा सहकार्य गरेका छन् । गत शुक्रवारमात्रै कमल र मेलिनाको स्वर एवं अभिनयमा ‘गुनगुनाउने बानी परेछ’ बोलको गीत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय