लोसपा नेता मिश्र सर्लाही क्षेत्र नं ४ बाट एकल सिफारिस।
२३ भदौ काठमाडौं।
लोकतान्त्रिक समाजवादी पार्टी तथा किसान आन्दोलनका संरक्षक नेता राकेश कुमार मिश्रको नाम सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मतरुपले सिफारिस भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी सर्लाही निर्वाचन क्षेत्र नं ४ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ नेता मिश्रको सर्वसम्मत सिफारिस गरिएको लोसपा नेपालका जिल्ला स-सचिब अनिल कुमार यादवले जनकारी दिए। लोसपा नेता मिश्र २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं ४ बाटै प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका थिए ।
