नेसपा अध्यक्ष यादव सर्लाही क्षेत्र नं २ बाट सिफारिस।
२२ भदौ काठमाडौं।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवको नाम सर्लाही क्षेत्र नं २ बाट संघीय संसदको लागि सर्वसम्मतरुपले सिफारिस भएको छ ।
नेपाल समाजवादी पार्टी सर्लाही निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा संघीय संसदको लागि प्रत्यक्षतर्फ नेता रायको नाम सर्वसम्मत सिफारिस गरिएको समाजवादी बिधार्थी युनियनका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र कुमार यादवले जनकारी दिए। नेसपा अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं २ बाटै संघीय संसदमा विजयी भएका थिए ।
