भारती सेनाप्रमुख पाण्डेलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिने।

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्न ३ बजे शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने छिन्। त्यसलगत्तै राष्ट्रपति र भारतीय सेना प्रमुख पाण्डेबीच शिष्टाचार भेटवार्ता हुने राष्ट्रपति कार्यालयका प्रवक्ता उपसचिव सागर आचार्यले जानकारी दिएका छन्।

नेपाल-भारतका सेनाबीच विगत ७२ वर्षदेखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ।

त्यसकै लागि सेना प्रमुख पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार पाँच दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका हुन्। उनी सोमबार बिहानैदेखि औपचारिक कार्यक्रममा सहभागी हुने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय