एसिया कप : आज भारत र पाकिस्तान भिड्दै।
एसिया कप टि-२० प्रतियोगिताअन्तर्गत आज चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै छन् । भारत र पाकिस्तानबीर सुपर फोर अन्तर्गतको खेल हुन लागेको हो । यही प्रतियोगिताको पहिलो खेल भारतले ५ विकेटले जितेको थियो । दुबइ रंगशालामा हुने खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
हिजो भएको खेलमा श्रीलंकाले सुपर फोरमा अफगानिस्तानलाई हराएको छ । सुपर फोर अन्तर्गत खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ४ विकेटको जित निकालेको हो । १७६ रनको लक्ष्य श्रीलंकाले खेल सकिन ५ बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो ।
श्रीलंकाको जितमा कुशल मेण्डिसले ३६, पाथुम निशंकाले ३५, धनुष्का गुनाथिलाकाले ३३ तथा भानुका राजपाक्षेले ३१ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान र नविन उल हकले समान २ (२ विकेट लिए ।
यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित ओभरमा रहमनुल्लाह गुरबाजको अर्धशतकीय इनिंग्ससँगै ६ विकेटको नोक्सानीमा १७५ रन बनाएको थियो । गुरबाजले ४५ बलमा ६ छक्का र ४ चौकाको मद्दतले ८४ रन बनाएका थिए । उनी म्यान अफ द म्याच भए । त्यस्तै इब्राहिम जाडरन ४० रनमा आउट भए । बलिङमा श्रीलंकाका दिलशान मधुशंकाले २ विकेट लिए ।