मधेस प्रदेशका मुख्य न्यायाधीवक्ता झाले दिए राजीनामा।
मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा गरेका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका छन् ।
मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
प्रमुख न्यायाधिवक्ता रहँदा झाले संघीय सरकारसित प्रदेशको अधिकार थुत्न निरन्तर कानुनी लडाइँ गरिरहे उनकै सक्रियतामा सर्वोच्च अदालतमा मधेस सरकारले संघीय सरकारविरुद्ध करिब ८ वटा मुद्दा दर्ता गराएको थियो
झा महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् झाले मुख्यमन्त्री राउतलाई भेटेर राजीनामा दिइसकेको र जसपा प्रवेशको तयारी भइरहेको बताए ।