केन्याविरुद्ध नेपालले ब्याटिङ गर्दै।
काठमाडौँ- घरेलु टोली केन्याविरुद्धको अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ | नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो
केन्याविरुद्धको निर्णायक खेलका लागि नेपालले प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ । आरिफ शेख र शहाब आलमलाई बेन्चमा राखिएको छ भने विवेक यादव र बसिर अहमदलाई समेटिएको छ । सिरिज २-२ को बराबरीमा रहँदा आजको खेल जित्ने टिमले सिरिज आफ्नो पोल्टामा पार्नेछ।