मेरो समर्थन मेयर बालेन जीलाई: पूर्वमन्त्री झाक्री।
काठमाडौं।
नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो समर्थन काठमाडौं महानगरका मेयर बालेन शाहलाई रहेको बताएकी छन् ।
पूर्व सहरी विकास मन्त्रीसमेत रहेकी झाँक्रीले काठमाडौंमा नक्साबिनै निर्माण गरिएका संरचना हटाएपछि नदी किनारको अतिक्रमण हटाउन मेयरलाई सुझाएकी छन् ।
‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने मैले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘निर्वाचन आएको छ । यसले नगरौं भन्ने दबाब आयो र स्थगन गर्न पयो ।’
स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरु गरिएकोमा आफ्नो कार्यकाल सकिएको बताएकी छन्। उनले मेयर बालेनसँग बसेर आफूहरूले केही योजनासमेत बनाएको बताएकी छन्।