निहारिकाको छोरा र आरोपी शिवराजको डीएनए टेस्ट गराउन उच्च अदालतले दियो आदेश।

काठमाडौं । ‘कुमारी आमा’ का रुपमा परिचित निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

आज बुधबार सरकारी वकिलको माग बमोजिम अदालतले सो आदेश दिएको हो । न्यायधीसद्वय रेखा थापा पाण्डे र भोजराज अधिकारीको दुईसदस्यीय इजलासले सो आदेश दिएको हो ।

निहारिकाले शिवराजबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी गर्दै १७ दिन आमरण अनशन बसेकी थिइन् आफ्नो बच्चा र आरोपीको डीएनए म्याच गराउनुपर्ने उनको माग थियो ।

उच्च सरकारी वकिलको कार्यालय जनकपुरमार्फत निहारिकाको छोरा र आरोपी श्रेष्ठलाई विधिविज्ञान प्रयोगशाला जनकपुर पठाएर निहारिकाकै रोहबरमा डीएनए नमूना लिन अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
2
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय