उपत्यकाको फोहोर ४ दिनभित्र व्यवस्थापन हुन्छ : महानगर।

काठमाडौं, भदौ ८ गते । यसअघि काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहोर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका वातारण विभागको प्रमुख सरिता राईले टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहोरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहोर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिने छ ।

यसअघिको फोहोर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहोर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय