सांसद गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित।

काठमाडौँ – प्रतिनिधिसभाकाे आइतबारकाे बैठक स्थगित भएकाे छ। आज दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक‍ प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण स्थगित भएकाे सांसदले स्राेतले जानकारी दिएकाे छ।

 

स्राेतका अनुसार आज गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। तर सोमबारकाे बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ।

शनिबार राति ९:३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएका गिरि नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तकसमेत हुन्।

कांग्रेसका एक नेताका अनुसार गिरिको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ र त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय