सप्तरीमा अधिकांश पोलिक्लिनिक अबैध रूपमा संचालन। 

११ कात्तिक २०७८, सप्तरी प्रदिप सिंह

सप्तरीको बोदेबर्साइन नगरपालिकाभित्र रहेका अधिकाँश स्वास्थ्य प्रतिष्ठान अवैद्यरुपमा संचालन रहेको खुलासा भएको छ ।

बोदेबर्साइन ५ स्थित नइमा हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि सँचालनको लागि नगरपालिकाबाट दर्ता गराएपनि आवश्यक मापदण्ड पुरा नगरेको स्थानीयको दावी छ । उता, लाईफ केयर पोलिक्लिनिक प्रालिको नाम दिएपनि दर्ता विना नै संचालन गर्दै आएका छन् ।

सरोकारवाला निकायले पोलिक्लिनिक संचालनको लागि ओपिडी, फार्मेसी, ल्याब, एक्सरे, इर्मेजेन्सीसहित एमविविएस डाक्टर अनिवार्य गरेको छ ।

 

नइमा हेल्थ केयरको फार्मेसी अजयकुमार साहको नाममा प्रतिमा फार्मेसी रहेको छ । फार्मेसी संचालक नइमा हेल्थ केयरमा नबस्ने गरेको छ । जहाँ फार्मेसी संचालक स्वम आफै बसेर सँचालन गर्नुपर्ने प्रावधान छ । नइमाका सँचालक रियाज अहम्दले ‘फार्मेसीका अजय साह काठमाण्डौ जानु भएका छन् ।’ ‘दर्ता लिएको सात दिन भएको छ ।’ ‘समान्य परामर्श गर्दै आएको छु ।’‘ पोलिक्लिनिकको आवश्यक मापदण्ड तयारी गर्दैछु ।’‘केही दिनमै सबै मापदण्ड पुरा हुने ।’

 

संचालक अहम्दको दावी छ ।

बोदेबर्साइन ५ स्थित रहेको लाईफ केयर पोलिक्लिनिक प्रालिले पाँच बर्ष पहिले जनस्वास्थ्य कार्यालयबाट क्लिनिक दर्ता गराएको छ । हाल नविकरण समेत नरहेको सो लाईफ केयरले आवश्यक पाँच मापदण्ड पुरा नगरी सँचालन गर्दै आएको छ । मापदण्ड पुरा नगरेकोले नगरपालिकाले समेत दर्ता नगरेको पोलिक्लिनिक संचालन गर्दै आएको छ ।

दर्ता समेत नगरेको लाइफ केयरका संचालक आसुतोष यादवले ‘फार्मेसी आफ्नै भएकोले पोलिक्लिनिक दर्ताको लागि नगरपालिकामा निवेदन दिएको छु ।

 

’‘अहिले हप्तामा एक दिन डा.नुनजा यादव विराटनगरबाट आउँनु हुन्छ ।’‘बेलाबखत अरु डाक्टरलाई पनि बोलाउँने गरेको छु ।’ लाईफ केयरमा रिद्धीसिद्धी नामक फार्मेसी संचालन रहेको छ । क्लिनिक समेत नविकरण नरहेको लाईफ केयर पोलिक्लिनिक प्रालिले पोलिक्लिनिकको बोर्ड राखेर सेवाग्राहीलाई झुक्याउँने गरेको छ । बोदेबर्साइन बजारको औषधी पसल अवैद्यरुपमा संचालन रहेको छ ।

 

अधिकाँशको फार्मेसीको प्रमाणपत्र समेत छैन । जसको रहेपनि अरुको फार्मेसी प्रमाणपत्र लिएर संचालन गर्दै आएको छ । फार्मेसीको प्रमाणपत्र भाडामा लिएर संचालन गर्दै आएको छ । यसप्रति सरोकारवाला निकाय मौन छन् । बोदेबर्साइन नगरपालिकासँग सम्पर्क गर्दा यस्ता अवैद्य औषधी पसल तथा पोलिक्लिनिकलाई प्रक्रियामा ल्याउँन अनुगमन तिब्र पार्ने र कारवाहीको प्रक्रियामा लैजाने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय