महामन्त्री विश्वप्रकाश शर्मा झापाबाटै चुनाव लड्ने।

झापा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।

उनले मेची र निन्दा किनारबाट बाहिर जान नसकिने भन्दै बागमतीलाई श्रद्धापूर्वक ढोग्ने बताएका छन्। यसको अर्थ उनी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने भएका हुन्।

बुधबार ट्वीटर गर्दै महामन्त्री शर्माले गठबन्धनका अर्का मित्रलाई सम्मानका साथ साथमा लिएर निर्वाचन लड्ने बताएका छन्। शर्मा काठमाडौं-५ बाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो तर, महामन्त्री शर्माले झापाबाटै चुनाव लड्ने स्पष्ट पारेका छन ।

ट्वीटमा भनेका छन्, ‘फेरि प्रस्ट्याउँ – वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर, मान्छे म मेची र निन्दा किनारकै हो काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर, उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ।प्रेम उता घरजम यता कुरै हुन्न ।’

यसअघि तत्कालीन नेकपाका उम्मेदवार सुरेन्द्रकुमार कार्की (राम कार्की) सँग शर्मा झापा – १ मा पराजित भएका थिए। अहिले सत्ता गठबन्धनमा कार्की र शर्मा सँगसँगै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय