माओवादी केन्द्रसँग सहकार्य गर्ने भएपछि डम्बर खतिवडाले छाडे बाबुरामको साथ।
आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णय गरेका डा. बाबुराम भट्टराईको साथ छाडेका छन्।
मंगलवार बिहान ट्वीटरमा सन्देश लेख्दै नेता खतिवडाले नेसपा परित्याग गरेको घोषणा गरेका हुन् उनले सपा-माओवादीको एउटै चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
उनले सन्देशमा लेखेका छन्, ‘करिब ८ बर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ बर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु । आजबाट जसपा- नेसपा लफडाबाट पुर्णतः मुक्त छु नेसपा-माओवादी एउटै चिन्ह हसिँया-हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन धन्यवाद ।’
डा. भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेपछि उनी नयाँशक्ति पार्टीमा जोडिएका थिए । नेसपा छाडेका उनले मंगलवार बिहान साझा विवेकशील पार्टी छाडेका मिलन पाण्डे, केशव दाहाललगायतसँग छलफल गरेका थिए।