काङ्ग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिने।

काठमाडौं- नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

निर्वाचित भएको ठीक तीन महिनापछि कांग्रेसले जनप्रतिनिधिलाई काठमाडौं बोलाएर अभिमुखीकरण गर्न लागेको हो।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको आज दिउँसो ११ बजे ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यतालिका रहेको छ।

कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिनेछन्। कार्यक्रममा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख-उपप्रमुखको सहभागिता रहने कांग्रेसले जनाएको छ। अभिमुखीकरणका कारण कांग्रेसले निर्वाचित केन्द्रित देशव्यापी अभियानलाई पछि सारेर छोट्याएको छ। ३० र ३१ गते अभिमुखीकरण हुने हुँदा तयारी नपुग्ने भन्दै कांग्रेसले भदौ २ गतेदेखि सुरू गर्ने अभियान १० गतेका लागि तय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय