काठमाडौँ कुमारी आमा निहारिका राजपूतले आत्मदाहको प्रयास गरेकी छन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै आत्मदाह प्रयास गर्दा राजपूतलाई प्रहरीले जोगाएको हो ।

उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन् ती व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको माग छ ।

राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले जोगाएको हो । शुक्रवार दिउँसो शितलनिवास धर्ना दिन पुगेकी उनलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको हो ।

यसअघि आफूले न्याय नपाएको भन्दै वसन्तपुर र माइतीघरमा लामो समय अनसन बसेकी थिइन् । निहारिकालाई गत २० साउनमा सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो ।

सरकारसँग ५ बुँदे सहमतिपछि निहारिकाले अनशन तोडेकी थिइन् तर त्यो सहमति पालना नभएपछि उनले फेरि सडकमा आउनु परेको बताएकी छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
30
+1
9
+1
4
+1
66
+1
12

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय