नीतिश कुमारले लिए आठौँ पटक बिहारको मुख्यमन्त्रीको शपथ

बिहारको मुख्यमन्त्रीका रुपमा नीतिश कुमारले आठौँ पटक शपथ लिएका छन्। उनले पटनास्थित राजभवनमा राज्यपाल फागू चौहानसमक्ष बुधबार शपथ लिएका हुन्।

उनले भारतीय जनता पार्टी (भाजपा)सँगको सत्ता साझेदारी छाड्दै सात दलीय महागठबन्धनसँग नयाँ समीकरण बनाएका हुन्। राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी पुनः मुख्यमन्त्री बनेका हुन्।

राष्ट्रिय जनता दलका नेता तेजश्वी यादव उपमुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्रीको शपथ लिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै उनले विपक्षी दलहरुलाई एकजुट हुन आह्वान गरेका छन्।

सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा विपक्षी दलहरु एकजुट भएर भाजपाविरुद्ध लड्नु पर्ने उनको भनाइ छ।

२ सय ४३ सदस्यीय बिहार विधानसभामा नीतिशकुमारलाई १६४ विधायकको समर्थन छ। भाजपासँग ७७ विधायक छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
1
+1
2
+1
3

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय