प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजको ९ बुंदे सम्भावित कार्यक्रम।

प्रतिनिधि सभाको बैठक आज (बुधवार) पनि बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरू पेश हुनेछन्।

आज बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि ‘तथ्याङ्क विधेयक, २०७८ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ

आजैको बैठकमा प्रधानमन्त्री देउवाले तथ्याङ्क विधेयक, २०७८ लाई पारित गर्नका लागि संसदमा प्रस्ताव गर्नेछन् ।

यस्तै आजको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘शपथ सम्बन्धी विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय