नर्भिकको संरचना भत्काउन आफैं पुगे मेयर बालेन्द्र
काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन्द्र साह आफैं थापाथली पुगेका छन्।
सोमबार दिउँसो २४ घन्टे अल्टिमेटम दिएको महानगरपालिकाले मंगलबार दिउँसो नर्भिक अस्पतालमा विना नक्सापास बनेका संरचना भत्काउन प्रहरी र महानगरका टोली लिएर मेयर बालेन्द्र शाह आफैं पुगेका हुन्।
नर्भिक अस्पताललाई पत्र काट्दै सरकारसंग भएका सम्झौताविपरित र नक्सापास स्वीकृत नगरी निर्माण भएको भन्दै हटाउन भनेको थियो।
सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागेको जानकारी दिएका छन्।