नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त।

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । भारतीय टोलीका पूर्वअलराउन्डरसमेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए यसअघि उनी अफगानिस्तान क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको पनि प्रशिक्षक थिए ।

यसअघि नेपालका पुबुदु दासानायकले बीचमै छोडेपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको थियो

प्रभाकर सन् १९९९ मा खेल मिलेमतोको विवादमा मुछिएका थिए । उनलाई बीसीसीआईले भारतीय टिममा खेल्न प्रतिबन्धसमेत लगाएको थियो त्यस्तै खेलाडी र छनोटकर्ताका बारेमा सार्वजनिक रूपमै आलोचना गरेपछि उनलाई दिल्ली क्रिकेट टिमले पनि प्रशिक्षकबाट हटाएको थियो ।

प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजे

पनि असफल भएका पात्रसमेत हुन् उनी सन् १९९६ मा लोकसभा चुनावमा दक्षिण दिल्लीबाट कांग्रेसबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका थिए । उनी सन् २०१५ मा अफगानिस्तान क्रिकेट टिमको बलिङ प्रशिक्षक भएका थिए । उनकै प्रशिक्षणमा अफगानिस्तानले सन् २०१६ मा भारतमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय