राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने।

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

पार्टीका नेता कार्यकर्ताले आफूलाई देशका विभिन्न क्षेत्रबाट चुनाव लड्न आग्रह गरे पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए । काठमाडौं, चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न आग्रह आए पनि आफूले जुम्ला रोजेको शाहीले बताएका छन् । कुनै पनि दलविरुद्ध आफ्नो उम्मेदवारी नभई जुम्लाको आर्थिक स्तर उकास्नका लालागि भएको शाहीको दाबी छ ।

प्रतिनिधिसभामा एउटा मात्र छेत्र रहेको जुम्लामा यसअघि माओवादीबाट २२ हजार १ सय ७३ मत ल्याएर गजेन्द्रबहादुर महत विजयी भएका थिए । वाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई ८ हजार मतले हराएका थिए ।

मंसिर ४ गतेलाई सरकारले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेको छ । निर्वाचन मिति घोषणासँगै विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी घोषणा भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
3
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय