तलब वृद्धिको माग गर्दै अर्थमन्त्रालयमा नायव सुब्बाहरुको धर्ना।

काठमाडौं उपत्यकाभित्र कार्यरत नायव सुब्बाहरुले तलब वृद्धि अवैज्ञानिक भएको भन्दै अर्थमन्त्रालयमा धर्ना दिएका छन् सरकारले चालु आर्थिक वर्षमा गरेको तलब वृद्धि मान्य नहुने भन्दै उनीहरुले अर्थमन्त्रालयमा धर्ना दिएका हुन्

त्यस्तै, उनीहरुले नायब सुब्बा पदमा १० वर्ष काम गरेकालाई एक तह र १० वर्षभन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् उनीहरूले सबै तहमा एउटै मितिबाट लागू हुनेगरी प्रत्येक १५ वर्षमा एक तह वृद्धि हुने व्यवस्था गर्न माग गरेका छन् ।

यसैबीच अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको माग पूरा गर्ने आश्वासन दिएका छन्। कर्मचारी संगठनका पदाधिकारीसँगको छलफलका क्रममा मन्त्री शर्माले तलब वृद्धिका साथै मर्यादाक्रमलगायतका विषयहरु पनि मिलाउने बताएको छलफलमा सहभागी कर्मचारीले जानकारी दिएका छन्

कर्मचारीहरुले भने आफ्ना माग पूरा नभए मंगलबार सामूहिक बिदा बस्ने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
0
+1
1
+1
2
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय