मुख्यमन्त्री राउतको बर्खास्ती माग गर्दै लोकतान्त्रिक विधार्थी संघद्वारा मधेश प्रदेश सभामुख लाई ज्ञापनपत्र।

२२ साउन, जनकपुरधाम।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश कमिटीले आइतबार मधेस सरकारको मा.सभामुख सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ मधेस प्रदेश कमिटीद्वारा मधेस प्रदेश अध्यक्ष मिथलेश यादवको नेर्तित्वमा केन्द्रिय विद्यार्थी नेता रोशन मिश्र तथा प्रदेश स्तरीय विद्यार्थी नेता त्रिदेव मिश्र लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला सचिव सिद्धार्थ चौधरी लोकतान्त्रिक युवा संघ जिल्ला अध्यक्ष प्रशान्त झा , जिल्ला विद्यार्थी नेता उमेश दास लगायतका जिल्ला स्तरीय युवा विद्यार्थी नेताको उपस्थितिमा मधेस सरकारको मा.सभामुख सरोज कुमार यादव ज्युलाई ” मुख्यमन्त्री बेटि बचाऊ बेटि पढाऊ ” कार्यक्रममा व्यापक भ्रष्टाचार गरेका मुख्यमन्त्री लालबाबु राउत नैतिकताका हिसाबले प्रदेश सभाको गरिमामय सभामा बस्ने अधिकार गुमाईसकेको हुँदा मुख्यमन्त्रीलाई बर्खास्त गर्न मार्ग प्रशस्त गर्न संविधान प्रदत्त मा.सभामुखलाई वातावरण मिलाइदिनका लागि ज्ञापनपत्र बुझाइएको मधेस प्रदेश कमिटी प्रदेश अध्यक्ष मिथलेश यादवले जनकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय