सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी।

काठमाण्डौ – सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

आजको बैठकमा प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सत्तारुढ दलबीच सिट बाँडफाँटको विषयमा छलफल केन्द्रित छ ।

सरकारले हिजो आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने गरी मिति घोषणा गरिसकेको छ।

सरकारले चुनावको मिति घोषणा गरेपछि पाँच दलीय सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । शीर्ष नेताहरु चुनावी तालमेलको गृहकार्यमा जुटेका छन्

आजको बैठकले कार्यदल बनाउने र त्यसले तयार पारेको ढाँचाका आधारमा न्यायोचित हिसाबमा सिट बाँडफाँट हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय