मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुने।

काठमाडाैँ- संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ।

बैठक आज दिउँसाे एक बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्नेछ।

बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ।

हिजाे बसेकाे पाँच दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए।

त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएका छन्।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारसँग परामर्श गरेको एक महिना पुग्दा समेत सरकारले मिति घोषणा गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय