मनकामना केबलकार स्तरोन्नति गर्ने प्रयोजनको लागि साउन २३ गतेदेखि बन्द रहने।
मनकामना केबलकार प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय बन्द हुने भएको छ । यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केबलकार सेवा बन्द हुने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीको भनाइ ।
चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जाने केबलकारको स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ । यस अवधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा