कोशी नदीको भंगालो फुटेर उदयपुरको बस्तीमा पस्यो हजारौं घर प्रभावित हुने अनुमान।

काठमाण्डाै – कोशी नदीको भंगालो फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो भंगालोलाई यसअघि नै रोक्ने प्रयास गरे पनि सम्भव नभएको र आज बिहान भंगालो फुटेर बस्तीमा पस्न थालेको प्राधिकरणका प्रवक्ता डा. डिजेन भट्टराईले जानकारी दिनुभयो । भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु–चिलिया बस्ती पस्ने जोखिम छ । नदी बस्तीमा पसेपछि त्यहाँका झण्डै एक हजार घरपरिवार प्रभावित हुन सक्ने देखिएको छ ।

प्रभावित परिवारलाई अहिले अस्थाई स्थानान्तरणको काम भैरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । अहिले सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालय उदयपुर नगरपालिकाको विपद् टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
1
+1
4
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय