बिधालयमा शिक्षक नपढाए को भन्दै बिधार्थीहरु द्वारा नगरपालिका कार्यालय तोडफोड।
१० कार्तिक २०७८ अमरेस कुमार पाण्डेय बारा
बारा जिल्लाको पचरौता नगरपालिकामा रहेको एक बिधालयमा शिक्षक नपढाए को भन्दै त्यहांका बिधार्थीहरुले नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।
पचरौता नगरपालिकाको १ नम्बर वडामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विधालय पिपरपाती पचरौताका बिधार्थिहरुले लामो समयदेखि बिधालयमा शिक्षक उपलब्ध नगराई आफुहरुको भविष्य अन्धाकारमा ढकेल्न खोजेको भन्दै बिरोधस्वरुप बेनौलि स्थित नगरपालिका कार्यालयमा प्रदर्शन तथा तोडफोड गरेका हुन् ।
वनमन्त्रि यादव निर्वाचित भएको उक्त क्षेत्रको पचरौता नगरपालिकामा पटक–पटक दुई पक्षहरुबिच बिवाद हुंदैआएको छ ।
यादवजातिको बाहुल्यता रहेको क्षेत्रमा पटक–पटक अन्य जातिका नेताहरुसंग बिवाद तथा लफडा भैरहने गरेको छ ।
मंगलवार नगरपालिका कार्यालयमा भएको प्रदर्शन र तोडफोड समेत गुटहरुबिचको बिग्रहका कारण भएको स्थानियहरुले बताएका छन् ।
जनता समाजवादी पार्टीबाट निर्वाचित त्यहांका मेयर रमेश प्रसाद यादवले नेकपा एमाले, लोसपा लगायता पार्टी समर्थित नेताहरुको ईसारामा कार्यालयमा तोडफोड गरिएको र त्यसबाट लाखौंबराबरको क्षति भएको बताए ।
यता सोहि नगरपालिका निवासि लोकतान्त्रिक समाजवादी पार्टीका नेता श्याम गुप्ताले शिक्षक अभावमा अध्ययन अध्यापनबाट बञ्चीत साना–साना बिधार्थिहरुले शिक्षक माग गर्दा पचरौताका मेयरले प्रहरीलगाई उनिहरुलाई कुटपिट गराएको भन्दै त्यसको भत्सर्ना गरेका छन् ।
उनले प्रहरीद्धारा बिधाथिैहरुमाथी गरिएको कुटपिटको बिरोध गर्दै घटनामा संलगन सबैलाई आवश्यक करवाही गर्न र बिधार्थीहरुको जायज माग चाडैे पुरा गर्न संम्बन्धित निकायसंग माग समेत गरेका छन् ।
पचरौचा नगरपालिका श्रोतले भने बिधालय व्यवस्थापन समिति गठन नभएर शिक्षक नियुक्त नभएको भन्दै त्यस बिषयलाई मुद्दम बनाएर बिपक्षिहरुले बिधार्थिहरुलाई उस्काएको आरोप लगाएको छ ।