अर्थमन्त्री शर्मा मन्त्रालय पुग्दा राजस्व सचिव पुष्करले गरे स्वागत, मरासिनी अनुपस्थित।

१५ साउन, काठमाडौं । आइतबार अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि साँझ नै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन् । राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्दै बजेट लेख्ने अर्थमन्त्री पुनः बजेट कार्यन्वयनका लागि आएको र मन्त्रालयले उनलाई सहयोग गर्ने बताए ।

बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

तर संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुन: शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय