मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि सुतेरै प्रदर्शन।
१५ साउन २०७९ जनकपुरधाम।
चुरे संरक्षणको माग गर्दै मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि सुतेरै प्रदर्शन गरिएको छ।
चुरे तथा वन जंगल संरक्षण अभियान, धनुषाको अगुवाइमा आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गरिएको हो। उनीहरू चुरे संरक्षणको माग गर्दै जनकपुरको जनकचौकमा ११ दिनदेखि रिले अनशन बस्दै आएका थिए।
सरकारले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै उनीहरू मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शनमा उत्रिएका हुन्। उनीहरू ‘चुरे वन जंगल संरक्षण संवर्द्धनका लागि भूमिहीन, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निम्ति म बोल्छु, तपाईं?’ भन्ने नाराका साथ प्रदर्शनमा उत्रिएका छन्।
उनीहरू विशेष गरी चुरे वन जंगल संरक्षण र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको हकअधिकारका लागि आन्दोलन गर्दै आएका छन्। लामो समयदेखि आन्दोलन गर्दै आएका उनीहरूले माग पूरा नभएपछि मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्नुपरेको बताएका छन्।
मधेशका विभिन्न ठाउँबाट जनकपुरधाममा भेला भएका सुकुम्बासीले आफूहरूको समस्या समाधानमा राज्यले चासो नदेखाएको गुनासो गरेका छन्। सरकारले माग पूरा नगरेर मुख्यमन्त्री कार्यालय अगाडि नै आमरण अनशनमा बस्ने अभियन्ता सुनील यादवले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
22
+1
6
+1
2
+1
9
+1
2

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय