तरकारी बोकेको ट्रक भित्र ६ बोरा गाँजा बरामद।
झापा : नेपालबाट भारत निर्यात हुने सागसब्जी (तरकारी) को ट्रकमा लागू औषध ओसारपसार हुने गरेको पाइएको छ। नेपाल-भारत सीमा नाका मोरङको विराटनगरबाट भारतको जोगवनीतर्फ बिना भन्सार लुकाइछिपाइ लैजाँदै गरेको बन्दाकोपी बोकेको मिनी ट्रकभित्र लागु औषध गाँजा बरामद भएसँगै यस्तो कारोबार हुने गरेको खुलेको हो
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवबहादुर खड्काको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार मध्यराती साढे ११ बजे रानी ढाट नजिकैबाट प्र – १-०२-००१ ख ८६७७ नम्बरको बन्दाकोपी लोड गरिएको एउटा मिनी ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
ट्रकमा लोड गरिएको बन्दाकोपीभित्र लुकाइछिपाई राखेको ६ बोरा गाँजा सशस्त्र प्रहरीले फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय सुनसरीका एसएसपी तथा प्रवक्ता विश्वराज भट्टराईले जानकारी दिए ।