साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकले वृद्धि।

१३ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ ।

शुक्रबार हाइड्रोपावर, निर्जीवन बीमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचक बढेको छ । विकास बैंक उपसूचक ४.६१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ४.२६ प्रतिशतले वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक ०.८२ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३७ प्रतिशतले घटेको छ ।

दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार नेप्सेमा ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख २० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ४ हजारको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय