पोखराबाट काठमाडौंका लागि उडेको यती एयरको जहाजको इन्जिन फेल हुदाँ ६ मिनेटमै फेरि पोखरा फर्कियो।

पोखरा : पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज एउटा इन्जिन फेल भएर फेरि पोखरै फर्किएको छ शुक्रबार बिहान ८: ५५ बजेपछि उडेको उक्त जहाजले धानवमार्ग छोड्नासाथै एउटा इन्जिन फेल भएको संकेत दिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए

‘केही समस्या भइहाले नजिकैको एयरपोर्टमा ल्यान्ड गर्ने भन्ने हुन्छ, त्यो जहाज पोखरै ल्यान्ड भयो,’ सुवेदीले भने । जहाजमा ४५ यात्रु थिए । सुवेदीका अनुसार ६ मिनेटमै जहाज पोखरा विमानस्थल फर्किएको थियो

‘कुनै जहाजमा समस्या भए अवतरणका लागि प्राथमिकता दिने भन्ने हुन्छ,’ उनले भने । अरुको उडान अवतरणभन्दा पहिला त्यही जहाजलाई प्राथमिकता दिएर अवतरण गराइएको सुवेदीले जानकारी दिए । नाइन एन एएनजी कलसाइनको जहाजमा त्यस्तो समस्या आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
7
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय