राष्ट्रियसभाबाट नागरिकता ऐन विधेयक बहुमतले पारित।

काठमाडौं : राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेयक बहुमतले पास भएको छ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बहुमतले पारित भएको सदनलाई जानकारी गराएका छन्।

बिहीबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै छलफल अघि बढेको थियो।

संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधन प्रस्तावमा धारणा राखिसकेपछि गृहमन्त्री खाँणले जवाफ दिएका थिए। यो विधेयकमा ३२ जना सांसदहरुले ७ समूहमा संशोधन प्रस्ताव दर्ता गराएका थिए।

प्रतिनिधिसभाबाट पारित भइसकेको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
4
+1
0
+1
2
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय