गाउँपालिकाद्वारा जेष्ठ नागरिकको लागि निशुल्क बस सेवा सँचालन

बारा, १० कार्तिक २०७८ अमरेस कुमार पाण्डेय
बारा को देवताल गाउँपालिकाले जेष्ठ नागरिकहरुको लागि बस सेवा सँचालन गरेका छन। बुधबार एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले उदघाटन गरेका छन।

बस सेवा उदघाटन गर्दै गाउँपालिका अध्यक्ष सिँहले यस गाँउपालिका भित्र रहेका जेष्ट नागरिकहरुलाई समाजिक सुरक्षा भत्ता लिन बैँक सम्म समस्या भईरहेकोले बस सेवा सँचालन गरीएको बताएका छन। साथै ति जेष्ठ नागरिक हरुको लागि निशुल्क सेवा प्रदान गरीने समेत बताएका छन।

बैंक धेरै टाढा भएकोले जेष्ट नागरीकले आवत जावत गर्न समस्या झेल्दै आउनु परेकोले चालु आर्थिक वर्षको निति तथा कार्यक्रम अनुसार जेष्ठ नागरिकहरुको लागि निशुल्क बस सेवा सँचालनमा ल्याईएको समेत गाउँपालिका अध्यक्ष सिंहले शुभ आरम्भ राष्ट्रिय दैनिकलाई बताएका छन।

उक्त बस रु ३९ लाखको लागतमा खरिद गरीएकोले यस गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण शाखाको कर्मचारी हरु , बिधालयका बिधार्थी भाई बहिनीहरुलाई बनभोज कार्यक्रम तथा भ्रमणमा समेत प्रयोग गरीने समेत सिंहले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय