मलंगवा नगरपालिकाको बेरुजु ४७ करोड ४० लाख २७ हजार।

काठमाडौँ,११ साउन । अमलेश शर्मा

सर्लाहीको मलंगवा नगरपालिकामा बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ मा मलंगवा नगरपालिकाको बेरुजु बढेको हो ।

मलंगवा नगरपालिकामा हालसम्म रु सतचालिस करोड चालिस लाख सत्ताइस हजार बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनअनुसार आव २०७६÷७७ सम्म मलंगवा नगरपालिकामा रु तेत्तिस करोड उनन्चालिस लाख उनान्नब्बे हजार बेरुजु रहेको थियो भने आव २०७७÷७८ मा रु चौध करोड अठतिस हजार बेरुजु थपिएको छ ।

आव २०७६÷७७ को बेरुजुसमेत समायोजन र समपरीक्षणबाट फछ्र्यौट एवं आव २०७७÷७८ को रु चौध करोड अठतिस हजार सहित रु सतचालिस करोड चालिस लाख सत्ताइस हजार बेरुजु पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

कार्यालयको प्रतिवेदनअनुसार नगरपालिकामा आव २०७७÷७८ मा रु चौध करोड अठतिस हजार बेरुजु रहेको छ । त्यस्तै आव २०७६÷७७ मा रु तेत्तिस करोड उनन्चालिस लाख उनान्नब्बे हजार बेरुजु थियो ।

बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने र पेस्की रकम गरी हालसम्मको अद्यावधिक बेरुजु रु सतचालिस करोड चालिस लाख सत्ताइस हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय