एसईईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै।

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसैको तयारी स्वरुप आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । बैठक सकिए लगत्तै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

यता, राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा को नतिजा विभिन्न तरिकाले हेर्न सकिने ब्यबस्था गरेको छ । बोर्डले नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेभसाइट, एसएमएस र आइभीआरबाट प्रकाशित गर्न स्वीकृत दिईएको छ । बोर्डले एसएमस र आइभीआर अन्तर्गत ४ वटा संस्थालाई र वेबसाइट मार्फत ९ वटा संस्था मार्फत नतिजा हेर्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
12
+1
2
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय