नागरिकता विधेयक खारेज गर भन्दै प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी।
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै एक नाराबाजी गरेको छ ।
सोमबार कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेज गरे, एमसीसी मुर्दाबाद, देउवा मुर्दाबाद, राष्ट्रियताको रक्षा गरौं भन्दै होहल्ला भएको छ ।
उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरे । कार्यक्रम स्थलमा नाराबाजी हुन थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई सुरक्षित तवरले मन्तव्य स्थानसम्म पुऱ्याएका छन्। अहिले प्रधानमन्त्री देउवा कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्। प्रहरीले नाराबाजी गर्नेहरुलाई कार्यक्रमस्थल बाहिर निकालेको छ ।