प्रतिनिधि सभाबाट कारागार विधेयक पारित।
प्रतिनिसभामा हाजिर गरेर बैठक हलबाट बाहिरिएका सांसद फर्किएपछि विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरू हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या अर्थात् ६९ सांसद पनि उपस्थित नहुँदा बैठक १५ मिनेटका लागि रोकिएको थियो ।
कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा ६९ सांसद उपस्थित हुनैपर्ने संवैधानिक व्यवस्था रहेकोमा यसअघि ६७ सांसद मात्रै उपस्थित थिए। त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गर्दा ४ सांसद थपिएर ७१ सांसद पुगेका थिए। गणपूरक संख्या उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाएका थिए।
सांसद फर्किएपछि प्रतिनिधिसिभाबाट कारागारसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको थियो।
गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए।अहिले प्रतिनिधिसिभाामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाले गरेको संशोधनमाथि छलफल भइरहेको छ।