छानबिन समितिले माग्यो सिंहदरबारको गेटको सीसीटीभी फुटेज

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ ।

बजेट निर्माणका क्रममा गत १४ जेठको मध्य राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसद्ले छानबिन गर्न विशेष समिति गठन गरेको छ ।

उक्त समितिको आइतबार बसेको बैठकले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले मन्त्रालयको सीसीटीभीको फुटेज १३ दिनपछि आफैँ मेटिने बताएपछि समितिले सिंहदरबारकै गेटको दक्षिण र पश्चिम गेटको फुटेज मगाउने निर्णय गरेको हो।

अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठनपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । समितिलाई जवाफ दिने क्रममा शर्माले आरोप अस्वीकार गरिसकेका छन् । पटक पटक संसद् बैठकमा पनि उनले आरोप अस्वीकार गर्दै विधि र प्रक्रियामै रहेर बजेट निर्माण गरेको जिकिर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
1
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय