लहानका उपमेयर महतोविरुद्ध जर्वजस्ती करणीको उजुरी।

सिरहा । लहान नगरपालिकाका उपमेयर राम महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो बिरुद्ध उजुरी परेको हो । उनका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिनेछ ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ । गत जेठ महिनाको घटनालाई लिएर दुई दिन अगाडि उजुरी मात्र दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
13
+1
0
+1
8
+1
3
+1
5

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय