ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण, नगर सुरक्षामा प्रयोग हुने।
काठमाडौँ ।
आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरपलिका लाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ ।
स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेको हो ।
आइएमई इेलेक्ट्रिक प्रा.लि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।
एक पटक फुल चार्जमा १०० किमि रेन्जसम्म गूड्न सक्ने कम्पनीले जनाएको छ । अधिक्तम माइलेज, बलियो बनावट साथै आधिक पर्फर्मेन्स भएकोले स्कूटरहरु खरिद गरिएको नगरपालिकाको भनाई उद्यृत गर्दै आइएमईले आफ्नो विज्ञप्तिमा लेखेको छ ।
भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन ।
कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्मसमेत रहेको छ । सेगमेटकै आधिक्तम ३२० कि मि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।
चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताए ।