जनार्दन प्रकरण :आज पनि छानबिन समितिको बैठक बस्दै।

बजेट निमार्णमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै छानबिनको लागि गठित संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन समितिले अनुसन्धान सुरु गरेको हो ।

गत बिहीबार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झण्डै ३ घण्टा सोधपुछ गरेको समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो ।

१४ जेठमा सिसिटिभी फुटेज माग्दा असारको दिएपछि थप शंकास्पद बनेको उक्त घटनाको हार्डडिस्क नै मगाएर समितिले छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय