गभर्नर अधिकारीको राजीनामाको माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको • माग गर्दै आइतबार बालुवाटारमा प्रदर्शन भएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर अधिकारीको राजीनामाको माग गर्दै बालुवाटार घेराउ र विरोध प्रदर्शन गरेका हुन्।

 

गभर्नर अधिकारी दमा संलग्नता रहेको र शैक्षिक योग्यताका विषयहरुमा समेत प्रश्न उठेको भन्दै विद्यार्थी संगठनहरूले आन्दोलन गरेका हुन् ।

बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्।

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी भएको दाबीसहित उनीविरूद्ध विद्यार्थीले आन्दोलन गरिरहेका छन्।

गभर्नर अधिकारीले उक्त व्यक्ति आफू नभएको प्रष्टीकरण दिएका छन्। नेकपा एमालेको केन्द्रीय कार्यालयले पनि एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी नभएको बताएको छ। तर, एम अधिकारी भन्ने व्यक्तिबारे विस्तृत विवरण भने दिन सकेका छैनन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय