जापानका पूर्व प्रधानमन्त्री आबेको अन्त्येष्टि।

टोकियो, असार २८ : जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ।

जापानका लोकप्रिय नेता आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि निधन भएको हो। गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ।

टोकियो टावरमा रहेको जोजोजी मन्दीरमा उहाँको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा उहाँकी श्रीमती अकी, जापानका प्रधानमन्त्री फुमियो किशिदा, केही सांसदहरू र विदेशी प्रतिनिधि तथा व्यवसायीक अगुवालगायत सहभागी भएका थिए । सन् १९५४ मा जन्मिएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो ।

देशको पश्चिमी क्षेत्रमा पर्ने नारा भन्ने सहरमा चुनावी मन्तव्य दिइरहेका बेला उनको हत्या भएको हो । लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेता समेत रहेका आबेले आफ्नो पार्टीलाई जिताउनका लागि चुनावी सभाहरूमा सम्बोधन गर्दै आएका थिए। आबेको निधन भएपनि पूर्व निर्धारित निर्वाचन भने गत आइतबार नै भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
5
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय