नागरिक लगानी कोषले प्रदान गर्ने व्याजदर बढायो।

२८ असार, काठमाडौं।

नागरिक लगानी कोषले विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरेको छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस अघि कोषले यसै कार्यक्रमका ३ लाख भन्दा बढि सहभागीहरुलाई २०७७ असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसै गरी कोषद्वारा संचालित उपदान, लगानीकर्ता र नार्क वीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ।

यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने कोषले जनाएको छ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भए पछी जम्मा गरिने व्यवस्था मिलाइएको छ।

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा ब्यक्तिगत खाता खोलिएको भए ब्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र ब्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था गरिएको छ ।

यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैया र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैया गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय