प्रधानमन्त्रीलाई भेट्न चिनियाँ नेता पुगे बालुवाटार।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव पनि सहभागी छन् । देउवासँगको भेटपछि जियानचाओले परराष्ट्र मन्त्री डा नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय