स्वास्थ्य राज्यमन्त्रीले विशीष्टीकृत अस्पताल सेवा प्रवाहको अनुगमन गर्ने।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्य मन्त्री केसीको उपस्थितीमा कार्यविभाजन भएको हो ।

राज्यमन्त्री केसीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसीयतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने अख्तियारी दिइएको छ । यस्तै, मन्त्रालय वा यस अन्तर्गतका वा सो अन्तर्गत् रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, वोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने, समन्वय गर्ने र नितीगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने रहेको छ ।

यस्तै, विशीष्टीकृत अस्पतालहरुको सेवाप्रवाहको अनुगमन गर्ने, नितिगत सुधारका लागि निर्देशन दिने विषयमा राय सहित पेश गर्ने अख्तियारी स्वास्थ्य राज्यमन्त्रीलाई दिइएको छ । विशीष्टीकृत अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड सम्बन्धि विस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने अधिकार पनि राज्यमन्त्रीलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय