काठमाडौंमा साझाका ३ वटा विद्युतीय बस सञ्चालनमा।

काठमाडौं : साझा यातायातले नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ।

चीनबाट पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस बिहीबारबाट सञ्चालमा आएका हुन् ।

साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरियो झण्डा देखाएर शुभारम्भ गरे ।

विद्युतीय बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको रुट र लगनखेल, रत्नपार्कहुँदै बूढानीलकण्ठ रुटमा सञ्चालन भएको साझा यातायातले जानकारी दिएको छ ।

साझाका तीनवटै बसमा चालक र परिचालक महिला छन्।

अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दशै अघि सेवा सुरु हुने बताइएको छ । साझा यातायाले विद्युतीय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
16
+1
4
+1
3
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय